गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमांग (गोले)ले आज बिहान भारतका केन्द्रीय मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास एवं पञ्चायती राजमन्त्री राजीव रञ्जन सिंह (ललन सिंह) सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सम्बद्ध विभागका वरिष्ठ अधिकारीहरूसहित भएको उक्त भेटमा सिक्किमको विकाससँग जोडिएका विभिन्न विषय, प्राथमिकता तथा आपसी हितका क्षेत्रबारे विस्तृत छलफल भएको छ। मुख्यगरी मत्स्यपालन, पशुपालन, दुग्ध विकास र ग्रामीण विकासका क्षेत्रमा सिक्किमलाई कसरी अघि बढाउने भन्ने विषयमा गहन विचार-विमर्श भएको थियो।
भेटवार्ताका क्रममा आपसी सहयोगलाई थप सुदृढ बनाउने र सिक्किमका जनताको हितका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने विषयमा फलदायी संवाद भएको जनाइएको छ।





