नयाँ कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा नर्थ बेंगाल एफसी र बाघडोगरा एफसी सेमीफाइनलमा प्रवेश गर्न सफल

7e75cf7c-b345-4624-9073-9153ffebcc42

खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको‌ आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्टमा नर्थ बेंगाल एफसी र बाघडोगरा एफसी सेमीफाइनलमा प्रवेश गर्न सफल भएका छन्। आईतवार दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भएको छ। यस खेल अन्तर्गत पहिलो क्वाटर फाइनल खेल दार्जिलिङ युनाईटेड एफसी र नर्थ बेंगाल एफसीमाझ सम्पन्न भएको थियो। यस खेलको प्रथम हाफको समयमा नर्थ बेंगाल एफसीको तर्फबाट जर्सी नम्बर ६ देवजीत रोयले गोल गरेर बढत बनाएका थिए। यही गोलको दममा नै नर्थ बेंगाल एफसी सेमीफाइनलमा प्रवेश गर्न सफल भएका छन्। यस खेलमा नर्थ बेंगाल एफसीका कप्तान जर्सी नम्बर १२ सौमिक सरकारलाई म्यान अफ् म्याच घोषित गरिएको छ। त्यसरी नै दोस्रो खेल मकैबारी एफसी र बाघडोगरा एफसीमाझ सम्पन्न भएको छ। यस खेलमा पेनाल्टी शुट आउटमा बाघडोगरा एफसीले ३-० को अन्तरले जितेर सेमीफाइनलमा प्रवेश गरेको छ। यस खेलमा बाघडोगरा एफसीको कप्तान जर्सी नम्बर ८ नाइडु तामाङलाई प्रदान गरिएको छ। यस दुईवटा क्वाटर फाइनल खेलमा निर्णायकको रुपमा सुरेन गुरुङ र सह निर्णायकको रुपमा सौरभ शंकर र नितेस देवान रहेका थिए। यस क्वाटर फाइनल खेलमा अतिथिको रुपमा हनोक थापा, जितेन गजमेर र रोहिणी पाइलाधुरा फुटबल क्लबका पदाधिकारीहरु उपस्थित रहेका थिए। यस दुईवटा क्वाटर फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नयाँ कमान भेटरेन क्लबको तर्फबाट सल्लाहकार धिरेन प्रधानले विस्तृत जानकारी गराएका छन्। उनले बताए अनुसार यस फुटबल टुर्नामेन्टको सेमी फाइनल खेल आगामी ७ र ८ नोभेम्बरमा हुने र फाइनल १५ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।

About Author

Advertisement