दार्जिलिङ: दार्जीलिङ प्रेस गिल्डको आयोजनामा साहित्यकार तथा पत्रकार स्व. विजय बान्तवाप्रति शोक सभा क्लबका अध्यक्ष दीप गजमेर र वरिष्ठ पत्रकार सञ्जय विश्वासको विशेष उपस्थितिमा गरियो। प्रेस गिल्डका महासचिव विनय शंकरद्वारा सञ्चालन गरिएको यस शोक सभाको प्रथम चरणमा अध्यक्ष दीप गजमेर, वरिष्ठ पत्रकार सञ्जय विश्वास अनि जाफर अकिलको बाहुलीबाट स्व वान्तवाको तस्वीरमा दीप प्रज्ज्वलन, श्रद्धा अर्पण गरेपछि पत्रकार वान्तवाको चिर आत्मा शान्तिको निम्ति मौनधारण गरियो। यसपछि पत्रकार, साहित्यकार तथा ‘हिमगिरि’ नेपाली समाचार पत्रका सम्पादक स्वर. विजय बान्तवाको साहित्यिक परिचय साथै पत्रकारिता क्षेत्रमाथि दिएको योगदान र उपलब्धिमाथि प्रकाश पार्दै पत्रकार, साहित्यकार सबिता थापा ‘संकल्प’ – विस्तृत जानकारी गराएभने पत्रकार संकल्पले स्व. विजय बान्तवा केवल एक पत्रकार मात्र नभएर नेपाली भाषा, साहित्य, संस्कृति र समाजप्रति गहिरो समर्पण राख्ने बहुआयामिक स्रष्टा थिए। राङभाङ उपत्यका तथा पोख्रेबुङ क्षेत्रको नेपाली साहित्यिक यात्रालाई अघि बढाउने अग्रज सर्जकहरूको परम्परालाई आत्मसात् गर्दै उहाँले सन् १९८० को दशकदेखि नेपाली साहित्यको साधनामा आफूलाई समर्पित गरेका थिए। सरल स्वभाव, मृदुभाषी व्यक्तित्व, गहिरो अध्ययनशीलता र साहित्यप्रतिको अगाध निष्ठा उनका विशेष पहिचान थिए।

सन् १९८५ देखि पत्रकारिताको क्षेत्रमा सक्रिय रहनुभएका उनले राष्ट्रिय स्तरसम्म आफ्नो पत्रकारिताको परिचय स्थापित गरे। कानुन व्यवसायमा समेत संलग्न हुनुभएका उनले अन्ततः पत्रकारिता, साहित्य र सामाजिक सेवाकै क्षेत्रलाई आफ्नो कर्मभूमि बनाएभने आजपर्यन्त उनले भारतीय नेपाली साहित्यलाई धेरै कृतिहरु दिइसकेका छन् । यसको साथै स्वर्गीय विजय बान्तवाको जीवन नेपाली साहित्य र पत्रकारिताप्रतिको अविचलित साधनाको एउटा उदाहरण हो। उहाँले आफ्नो कलममार्फत समाजका यथार्थ, समयका विसङ्गति, मानवीय संवेदना र जातीय अस्तित्वका सवालहरूलाई अभिव्यक्त गर्नुभयो। उहाँका विचार, सिर्जना र पत्रकारिताका अनुभवहरू भावी पुस्ताका निम्ति अध्ययन र प्रेरणाका स्रोत बनेर रहनेछन्। आज उनी हामीमाझ भौतिक रूपमा उपस्थित नभएपनि उनले छोडे़र गएका साहित्यिक कृतिहरू, पत्रकारिताका योगदान र समाजप्रतिको समर्पणले नेपाली साहित्यको इतिहासमा उनलाई सदैव जीवित राख्नेछन्। यस दुःखद घड़ीमा सम्पूर्ण दार्जीलिङ प्रेस गिल्ड परिवार दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछभन्ने बताइन। सभामा उपस्थित अग्रज पत्रकार सञ्जय विश्वासले पत्रकार वान्तवा कम बोल्ने तर काम धेरै गर्ने व्यक्तित्वका धनी थिए। उनीसँग आफ्नो थोरै भेटघाट भएको बताउँदै उनको कलमी विषयमाथि प्रकाश पारे। महासचिव विनय शंकरले पूर्व सदस्यहरुद्वारा स्व. वान्तवाको पत्रकारिता र साहित्यिक गतिविधिमाथि राखिएका विषयहरुमाथि समर्थन गर्दै अब उसो दार्जीलिङ प्रेस गिल्डको लाइब्रेरीमा स्व. वान्तवाका कृतिहरु राखिने र अन्य सदस्यहरुले पनि उनका जीवनका उपलब्धिहरुबारे जान्न र बुझ्न सकोस् भन्ने बताए। सभाको अन्त्यमा अध्यक्ष दीप गजमेरले पत्रकार वान्तवाले दिन साहित्य तथा पत्रकारिता क्षेत्रमा दिएको अथक योगदान हामीमाझ संधैं स्मरणमा रही रहने छ।
आज आ-आफ्नो व्यस्ततालाई पन्छाएर सभामा उपस्थित सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दै सभा समापनको घोषणा गरे।





