सिक्किमका पत्रकार बिजय बान्तवाको निधनमा प्रेस क्लब अफ् खरसाङद्वारा शोक सभा

b13b4234-2dff-485c-a847-655c8156463a

खरसाङ: सिक्किमका वरिष्ठ पत्रकार बिजय बान्तवाको निधनमा प्रेस क्लब अफ् खरसाङमा शोक सभा आयोजना गरिएको छ। उक्त शोक सभाको अध्यक्षता प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले गरेका थिए भने सभालाई सचिव हनोक थापाले सञ्चालन गरेका थिए। सभामा सिक्किमका वरिष्ठ पत्रकार बिजय बान्तवाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ भने शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको छ। सभामा पत्रकार बिजय बान्तवाको जीवनी र कार्य विषयमा सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले विस्तृत विवरण दिएका थिए। उनले पत्रकार विजय बान्तवा प्रेस एसोसिएसन अफ् दार्जिलिङको सदस्या रहेको तथा उनलाई प्रेस एसोसिएसन अफ् दार्जिलिङको तर्फबाट सम्मान जनाइएको पनि बताएका छन्। उनले पत्रकार विजय बान्तवा दार्जिलिङ -खरसाङका पत्रकारहरुसित मधुर सम्बन्ध रहेको साथै सिक्किम र खरसाङतिर आयोजित विभिन्न कार्यक्रमहरुमा एकसाथ सहभागी बनेको पनि जानकारी गराएका छन्। सभामा प्रेस क्लब अफ् खरसाङको अन्य विभिन्न विषयहरुमा पनि चर्चा परिचर्चा गरिएको थियो। शोक सभामा प्रेस क्लब अफ् खरसाङका कोषाध्यक्ष अर्पण गुरुङ, सदस्यहरु पमीर गुरुङ, देवेन थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement