दार्जिलिङ हिमालयन रेलवेको संरक्षणको सन्देशसहित एकता दिवसको साथमा खरसाङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना

92ed0edd-5a86-4044-b332-dae18835ae8c

खरसाङ: दार्जिलिङ हिमालयन रेलवे युथ कमिटी इम्प्लोइज युनियन एनएफ रेलवेको आयोजनामा शनिवार खरसाङमा सरदार वल्लभ भाई पटेलको १५१ औं जन्म जयन्तीको अवसरमा एकता दिवसको साथमा नि:शुल्क स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना गरिएको छ। खरसाङको रेलवे स्टेशन परिसरमा आयोजित उक्त कार्यक्रममा अतिथिका रुपमा खरसाङ महकुमा शासक पेमा शेर्पा, कार्यकारी मजिस्ट्रेट लाडेन लेप्चा, एडीए‌मई तीनधारे विवेक कुमार, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, विनय प्रसाद, खरसाङ रेलवे स्टेशनका स्टेशन मास्टर संगम खाती लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा खरसाङ महकुमा शासक पेमा शेर्पाको बाहुलीबाट झण्डा उत्तोलन गरिएको थियो भने अतिथिहरुको बाहुलीबाट वल्लभ भाई पटेलको तस्वीरमा धुप दीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरियो। यस अवसरमा एकताको प्रतीकको रूपमा नि: शुल्क स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना गरिएको थियो। यसको साथै ‘एक बुँद रगत देशको लागि’ नाराको साथमा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। यस अवसरमा कोलकाताबाट डाक्टरहरु उपस्थित रहेका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य दार्जिलिङ हिमालयन रेलवे केवल रेलवे कर्मचारीहरुका लागि मात्र नभएर सम्पूर्ण दार्जिलिङ, खरसाङ, तीनधारे सबैको लागि रहेको र यसको सबै मिलेर संरक्षण गर्नु पर्ने आवश्यकता रहेको सन्देश दिनु रहेको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवे युथ कमिटीको संयोजक दिपंकर गुरुङले सरदार वल्लभ भाई पटेलको जन्म जयन्तीको अवसरमा एकता दिवसको रूपमा नि:शुल्क स्वास्थ्य जाँच शिविर र रक्तदान शिविरको आयोजना गरिएको जानकारी गराएका छन्। उनले ‘एक बुँद रगत देशको लागि’ स्लोगनको साथमा रक्तदान शिविरको आयोजना गरिएको जानकारी गराउँदै दार्जिलिङ हिमालयन रेलवे विश्व धरोहरमा सामेल रहेकोले यसको संरक्षणको सन्देशसहित खरसाङमा कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले एकता प्रतीकको रूपमा रहेको र स्वास्थ्य जाँच शिविर अन्तर्गत आँखा जाँच शिविरको पनि आयोजना गरिएको जसमा आँखा ओपरेशन गर्न परेमा मानिसहरुलाई नि:शुल्क सेवा प्रदान गरिने बताए। उनले यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य दार्जिलिङ हिमालयन रेलवे केवल रेलवे कर्मचारीहरुका लागि मात्र नभएर सम्पूर्ण दार्जिलिङ, खरसाङ, तीनधारे सबैको लागि रहेको र यसको सबै मिलेर संरक्षण गर्नु पर्ने आवश्यकता रहेको सन्देश दिनु पनि रहेको बताएका छन्। गुरुङले दार्जिलिङलाई पहाडकी रानी भनिन्छ भने दार्जिलिङ हिमालयन रेलवेलाई यसको मुकुट मानिन्छ र यसको सबै मिलेर संरक्षण गर्न आवश्यक रहेको बताए।

About Author

Advertisement