खरसाङ: ल्हाबब दुईछेनको अवसरमा तीन दिवसीय पूजा तीनधारेको मिठाईडाँडास्थित पद्मा छ्योलिङ तामाङ गुम्बामा विधिवत रुपमा शुरु भएको भएको छ। पूजाको पहिलो दिन पद्मा छ्योलिङ तामाङ गुम्बाका प्रमुख लामा (हेड लामा) बुम्बा डुम्जन म्हेमे लगायत गुम्बाका सम्पूर्ण लामा म्हेमेहरुद्वारा तारा देवी ( डोल्मा) को पूजा मोलम पाठ अनि घ्यातोङपा पठन पनि गरियो।

गुरु मैत्री संघ,तीन्धारेको तर्फबाट पूजाको अन्तिम दिन अर्थात १ नोभेम्बर २०२६ का दिन आमन्त्रित श्रद्धेय धर्मगुरु महामहिम खेनट्रुल चानलिङ रिन्पोछेको करकमलबाट श्रद्धालु भक्तजनलाई वाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको जानकारी गराउँदै सम्पूर्ण भक्तजनलाई उक्त कार्यक्रममा उपस्थिति भइदिन म्हाणीपा संघ तीनधारेक सदस्य दावा रिन्छेन तामाङले आह्वान् गरेका छन्।





