३५औँ अन्तर्राष्ट्रिय हिमालयन रन एन्ड ट्रेक प्रतियोगिता बिहीबारदेखि मानेभञ्ज्याङबाट शुरू

fb06aa61-db12-418d-aa9f-0a2abbd5deb0

मिरिक: विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ३५औँ अन्तर्राष्ट्रिय हिमालयन रन एन्ड ट्रेक प्रतियोगिता बिहीबारदेखि मानेभञ्ज्याङबाट शुरू भएकाे छ। जसकाे समापन २ नाेभेम्बरमा हुनेछ। यस प्रतियोगिताका क्रममा सहभागीहरूले १०० माइलको दूरी तय गर्नेछन्। दौडको शुभारम्भ बिहीबार जीटीए पर्यटन विभागका एक अधिकारी सुरज प्रधानले हरियाे झण्डा देखाएर गरे।प्रतियोगिताका आयोजक एवं रेस निर्देशक सी. एस. पाण्डेयले बताए अनुसार यस वर्षको प्रतियोगिताको महिला वर्गमा मैत्री मनराल (२५ वर्ष) सबैभन्दा कम उमेरकी धावक हुन् भने पुष्पा राव (६३ वर्ष) सबैभन्दा बढी उमेरकी धावक हुन्। त्यसैगरी, पुरुष वर्गमा बिली सिमन्ड्स (२५ वर्ष) सबैभन्दा कम उमेरका धावक हुन् भने क्रिस्टियन सिवेकिङ (७३ वर्ष) सबैभन्दा बढी उमेरका धावक हुन्। पाण्डेयले बताएअनुसार अन्तर्राष्ट्रिय हिमालयन रन एन्ड ट्रेक प्रतियोगिताको शुरुआत सन् १९९१ मा गरिएको थियो।

About Author

Advertisement