नयाँ दिल्ली: ग्रामीण विकास र पञ्चायत राजसम्बन्धी संसदीय स्थायी समितिको बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। उक्त बैठकमा ग्रामीण विकासमा बैंकहरूको भूमिका विषयक गम्भीर छलफल गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले तीव्र गतिमा प्रगति गरिरहेको सन्दर्भमा ग्रामीण क्षेत्रको विकासलाई थप गति दिन बैंकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बैठकमा औंल्याइएको छ। ग्रामीण क्षेत्रमा सहज रूपमा ऋण उपलब्ध गराउनु, कृषकहरू, हस्तकला व्यवसायी (आर्टिजन्स) तथा कृषि-उद्यमीहरूलाई समर्थन गर्नु नै ग्रामीण विकास प्रवर्द्धन गर्ने मुख्य आधार रहेको कुरामा जोड दिइएको छ।





