अकल्याण्ड: भारत र न्यूजील्याण्डबीच ५ वटा टी२० म्याचको सीरीजअन्तर्गत चौथो म्याच अकल्याण्डमा खेलिनेछ। यो म्याच शुक्रवार खेलिनेछ। म्याच अघि बीसीसीआई-ले अकल्याण्डबाट अभ्यास सत्रका तस्वीरहरू साझा गरेको छ। तस्वीवहरूमा ईशान किशनलाई पनि ब्याटिंग अभ्यास गरिरहेको देखिएको छ। चोटले गर्दा दोस्रो र तेस्रो टी२० म्याचबाट बाहिर रहने ईशान अब फिट भएर चौथो टी२० म्याचमा खेल्ने सम्भावना छ। यसरी वैभव सूर्यवंशी, तिलक वर्मा र शिवम दुबेलाई पनि ब्याटिंग अभ्यास गरिरहेको देखिएको छ। भारतले पहिलो ३ वटा म्याच जितेर सीरीजमा अगावै ३-०-को अजेय बढ़त हासिल गरिसकेको छ। बीसीसीआई-ले तस्वीरहरू साझा गर्दै लेखेको छ, ईडन पार्क, अकल्याण्ड। चौथो टी२० म्याच अघि तयार हुँदै खेलाड़ीहरू। तस्वीरहरूमा तिलकलाई शट् खेलिरहेको देखिएको छ। यसरी प्रशिक्षक गौतम गम्भीरलाई सूर्यवंशीसँग कुराकानी गरिरहेको देखिएको छ। नेट्स सत्रको अवधि सूर्यवंशीले ईशान किशनसँग ठट्टा पनि गरेको देखियो। यसरी ईशानलाई खुलेर शट्हरू खेलिरहेको देखियो। अकल्याण्डको ईडन पार्कमा भारतीय टोलीले अहिलेसम्म जम्मा ३ वटा म्याच खेलेर सबै जितेको छ। भारतीय टोलीले यस मैदानमा आफ्नो पहिलो म्याच २०१९-मा खेलेको थियो। त्यस समय भारतले असाधारण प्रदर्शन गर्दै न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि २०२०-मा टीम इण्डियाले न्यूजील्याण्डलाई २ वटा म्याचमा पराजित गरेको थियो। एउटा म्याचमा भारत ६ विकेटले अनि दोस्रो म्याचमा ७ विकेटले जीत हासिल गरेको थियो। दुई देशबीच जारी टी२० सीरीजलाई लिएर स्थानीय क्रिकेटप्रेमीहरूबीच व्यापक उत्साह देखिएको छ। यसैकारण चौथो टी२० म्याचको निम्ति ४० हजार टिकट बिक्री भएको न्यूजील्याण्ड क्रिकेटले पुष्टि गरेको छ। सीरीजको पहिलो तीनवटा म्याचमा भारतको जीतको साथमा अभिषेक शर्मा र वैभव सूर्यवंशीको विध्वंसी ब्याटिंगले प्रशंसकहरूका मनमा व्यापक उत्साह जन्माएको छ। यसैकारण शुक्रवार मैदान दर्शकहरूले टम्मै भरिने प्रबल सम्भावना छ।





