साइबर ठगी मुद्दामा सिलगढी पुलिसद्वारा एक जना गिरफ्तार

FB_IMG_1793031957938

​माटीगाडा: सङ्दिग्ध साइबर ठगी (फ्रोड) सम्बन्धी कारोबारको सूचनाका आधारमा सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत माटीगाडा थाना प्रहरीले ‘अपरेसन साइबर प्रहार’ अभियानअन्तर्गत एक महिलालाई गिरफ्तार गरेको छ।
​गिरफ्तार पर्नेमा पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित माटीगाडा थानाअन्तर्गत जोडा ब्रिज नजिकै तुम्बाजोतकी निवासी २५ वर्षीया मालती राय रहेकी छन्। उनलाई गत १० अक्टोबरका दिन नियन्त्रणमा लिइएको हो।
​अनुसन्धानका क्रममा साइबर ठगीको सङ्दिग्ध कारोबारसँग जोडिएको ३ लाख रुपैयाँ रकम उनको स्टेट बैङ्क अफ इन्डियाको खातामा जम्मा भएको खुलेको छ।
​घटनाबारे थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।

About Author

Advertisement