माटीगाडा: सङ्दिग्ध साइबर ठगी (फ्रोड) सम्बन्धी कारोबारको सूचनाका आधारमा सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत माटीगाडा थाना प्रहरीले ‘अपरेसन साइबर प्रहार’ अभियानअन्तर्गत एक महिलालाई गिरफ्तार गरेको छ।
गिरफ्तार पर्नेमा पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित माटीगाडा थानाअन्तर्गत जोडा ब्रिज नजिकै तुम्बाजोतकी निवासी २५ वर्षीया मालती राय रहेकी छन्। उनलाई गत १० अक्टोबरका दिन नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा साइबर ठगीको सङ्दिग्ध कारोबारसँग जोडिएको ३ लाख रुपैयाँ रकम उनको स्टेट बैङ्क अफ इन्डियाको खातामा जम्मा भएको खुलेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।





