म्यूनिख (जर्मनी): म्यूनिखमा अभ्यास सत्रको अवधि बायर्न म्यूनिख फूटबल क्लबका म्यानेजर भिन्सेण्ट कोम्पनी बेहोश भए। उनलाई तुरन्त एम्बुलेन्सद्वारा अस्पताल लगियो। क्लबले जाँचको निम्ति अहिले उनी मेडिकल देखरेखमा रहेको पुष्टि गरेको छ। जर्मन क्लब बायर्नद्वारा जारी बयानमा भनिएको छ, एफसी बायर्नको एमेच्योर टोलीको अभ्यासको अवधि भिन्सेण्ट कोम्पनी अचानक बेहोश भए अनि उनलाई उपचारको आवश्यकता पऱ्यो। उनको अब अस्पतालमा पूरा चेकअप हुनेछ अनि उनी मेडिकल देखरेखमा रहनेछन्। अहिले उनको कोचिंग टीमले अभ्यास र म्याचसँग सम्बन्धित कामकाजहरू सम्हाल्नेछन्। घटना बुधवार बायर्न म्यूनिखको आर्सनलविरुद्ध यूएफा च्याम्पियन्स लीग म्याचको केही दिन अघि भएको थियो, जब कोम्पनीले आफ्नो खुट्टा र पासुलामा पीढ़ा भएको बताएका थिए। उनको यो समस्या कुनै भाइरस संक्रमणले गर्दा भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। बायर्न म्यूनिखका सहायक प्रशिक्षक आरोन डेंक्सले कोम्पनीको स्थानमा प्री- म्याच प्रेस कन्फ्रेन्समा मीडियासँग कुराकानी गरेका थिए। उनले म्यानेजरलाई ठीक हुन केही समय लाग्ने बताएका थिए। डेंक्सले भनेका थिए, यो केवल एउटा भाइरस हो। यस्तो स्थितिमा के गर्नु पर्छ बन्ने डाक्टर र विशेषज्ञहरूलाई मभन्दा धेरै जानकारी छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले उनलाई केही दिन आराम गर्नु भनेका छौं। उनले आफ्नो निम्ति पर्याप्त समय लिन सक्नेछऩ्। उनी कहिलेसम्म ठीक हुनेछन् भन्ने अहिले भन्नु गाह्रो छ। यसबाहेक भिन्सेण्टलाई आराम गर्नको निम्ति राजी गर्नु पनि ठूलो चुनौती हो। उल्लेखनीय छ, बायर्न म्यूनिख र आर्सनलबीच खेलिएको च्याम्पियन्स लीगको म्याच २-२-ले ड्र रहेको थियो। यसबीच बायर्नका स्पोर्टिंग डायरेक्टर म्याक्स एबरलले म्यानेजर शारीरिक रूपले निक्कै समस्यामा थिए भन्ने जानकारी दिएका छन्। कोम्पनीलाई सीढ़िहरू चड़नमा पनि सहायताको आवश्यकता परेको अनि भाइरससँग जुझ्नु परिरहेको एबरलले खुलासा गरेका छन्। बायर्न म्यूनिखको अघिल्लो म्याच बुन्डेसलीगामा आइतवार फ्रीबर्गविरुद्ध रहेको छ।





