गान्तोक: सिक्किमका पूर्व पुलिस महानिर्देशक (डिजीपी) तथा वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता आरके हाण्डाको निधन भएको छ। सन् १९६७ ब्याचका आईपीएस अधिकृत हाण्डाले सन् २००२ मा सिक्किमको प्रहरी महानिदेशकको रूपमा सेवा पुर्याउनुभएको थियो।
सरकारी सेवाबाट अवकाश लिएपछि उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्दै भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध हुनुभएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्।





