बागौडामा सांस्कृतिक फुलपाती शोभायात्रा आयोजना

a921cd20-1d42-4703-a064-a6e7e1b3ae52

खरसाङ: स्वास्तिक समाज बागौडाको आयोजनामा सांस्कृतिक फुलपाती शोभायात्रा आयोजना गरेको छ। यस अवसरमा समाजका सभापति कुमार गुरुङ, सचिव प्रताप थापा साथै पूजा कमिटीका सभापति दिलिप लामा, सचिव कला लामा अनि सम्पूर्ण पुजा कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए। समाजको तर्फबाट विभिन्न सांस्कृतिक वाद्य वादनहरुका साथमा सांस्कृतिक फुलपाती शोभायात्रा निकालेका थिए। समाजका प्रतिनिधिहरु र स्थानीयहरु यस सांस्कृतिक फुलपाती शोभायात्रामा जातीय भेषभुषा र जातीय पोशाकहरुमा उपस्थित रहेका थिए। यसको साथै बागौडा स्वस्तिक समाजले नौ दिवसीय रुपमा दुर्गा पूजा पनि आयोजना गरिरहेको समाजका सचिव प्रताप थापाले जानकारी गराएका छन्।

About Author

Advertisement