मङपु विभागमा सिन्कोना श्रमिकहरूबीच विविध कार्यसम्बन्धी प्रतियोगिता सम्पन्न

06cd1fa9-b3d7-40b0-bb09-0d8c6945f22e

मङ्पु: मङ्पू सिन्कोना विभागीय खेलकूद एवं सांस्कृतिक समितिको आयोजनामा सिन्कोना श्रमिकहरूबीच सिन्कोना बगानमा दैनिक रूपमा गरिने विभिन्न कार्यहरूलाई समेटेर नौलो तथा सृजनात्मक प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिन्कोना तथा अन्य औषधीय पौधाका निर्देशक डा. शमूयल राई उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा मङ्पूका व्यवस्थापक गोपाल लामिछाने उपस्थित थिए। कार्यक्रमको सभापतित्व दिशान फिपनले गरेका थिए।कार्यक्रममा चपरासी श्री बीरेन गोलेले स्वागत सम्भाषण राखेका थिए भने स्वागत नृत्य प्रस्तुत गरिएको थियो। प्रतियोगिताअन्तर्गत बेड तयारी इपिकेक रोपाइँ, थली खनाइँ, ग्राफ्टिङ (कलमीकरण), चोया कटाइँ, शिल्पकला, प्रश्नोत्तरी प्रतियोगिता, म्युजिकल चेयर, नृत्य, सन्तुलन दौड तथा डोरी तान्ने जस्ता विभिन्न गतिविधि सञ्चालन गरिएका थिए।यसैगरी, सेक्सन बी र सेक्सन सीबीच लातेभककुण्डोको फाइनल प्रतियोगिता सम्पन्न भएको थियो। कार्यक्रममा अञ्चल छेत्रीले गीत प्रस्तुत गरेका थिए। प्रमुख अतिथि डा. शमूयल राईले सम्बोधन गरेका थिए भने कार्यक्रमको अन्त्यमा सभापति दिशान फिपनले सम्भाषण राखेका थिए र धन्यवाद ज्ञापन गरिएको थियो। सिन्कोना बगानका चपरासी श्री बीरेन गोलेको सृजनात्मक सोच तथा ग्याङमेन आई.बी. मोहरा, सम्पूर्ण कर्मचारी, चौकीदार र सिन्कोना श्रमिकहरूको आपसी सहकार्यका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ। ऐतिहासिक महत्त्व बोकेको यस पहलमा सिन्कोना श्रमिकहरूले दैनिक रूपमा गर्दै आएका कामहरूलाई प्रतियोगिताका रूपमा प्रस्तुत गरिएको थियो। श्रमिकहरूको सीप, अनुभव र कार्यदक्षतालाई मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमप्रति निर्देशक डा. राईले पनि खुशी व्यक्त गरेका थिए। मङ्पू विभागले यस पहलमार्फत उत्कृष्ट, नौलो र सृजनात्मक कार्य गर्न सफल भएको आयोजक पक्षले जनाएको छ। कार्यक्रमको सञ्चालन ज्ञानदीप चामलिङ राईले गरेका थिए।

About Author

Advertisement