गेजिङमा जिल्लास्तरीय टीबी मञ्च र खोप कार्यदलको बैठक

FB_IMG_1792170666719

क्षयरोग उन्मूलन र जनस्वास्थ्य पहलबारे समीक्षा

गेजिङ: जिल्ला क्षयरोग केन्द्र (डीटीसी), गेजिङको आयोजनामा शुक्रवार जिल्ला प्रशासनिक केन्द्र (डीएसी) को सम्मेलन हलमा राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रम (एनटीईपी) को प्रगति समीक्षा तथा प्रमुख जनस्वास्थ्य पहलहरूबारे समीक्षा बैठक सम्पन्न भएको छ। जिल्ला कार्यदल खोप तथा जिल्लास्तरीय क्षयरोग (टीबी) मञ्चको यो संयुक्त बैठक जिल्लापाल एवम् मञ्चका अध्यक्ष तेञ्जिङ डी डेञ्जोङ्पाको अध्यक्षतामा बसेको थियो।
​बैठकको सुरुमा गेजिङ जिल्ला अस्पतालका अतिरिक्त निर्देशक तथा मुख्य चिकित्सा अधिकारी (सीएमओ) डा. नामगे भोटियाले स्वागत मन्तव्य राख्दै क्षयरोग उन्मूलन लक्ष्य हासिल गर्न अन्तरविभागीय समन्वय र सबै लाइन विभागहरूको सक्रियता अनिवार्य रहेको बताए। उनले ‘निक्षय मित्र’ पहलमार्फत टीबी बिरामीलाई कम्तीमा ६ महिना पोषण सहयोग उपलब्ध गराउँदा उपचार प्रभावकारी हुने र सामाजिक कलङ्क घट्ने स्पष्ट पारे।

जिल्लापालले स्वयं मासिक १५ हजार रुपियाँ योगदान गर्दै आएको उल्लेख गर्दै डा. भोटियाले अन्य अधिकारी, नागरिक समाज र गैरसरकारी संस्थाहरूलाई पनि यस अभियानमा जोडिन र आईईसी (सूचना, शिक्षा र सञ्चार) गतिविधिहरू तीव्र पार्न आग्रह गरे।

About Author

Advertisement