बंगाल लाई नै प्रतिनिधित्व गरी गोर्खे छोरो रितम पराजुली पुगे जम्मु काश्मिरको श्रीनगर

गोरुबथान: अल इन्डिया सिनियर नेसनल च्याम्पियनशीपमा भाग लिन बंगाललाई प्रतिनिधित्व गरेर गोर्खे छोरो रितम पराजुली काश्मिरको श्रीनगर पुगे। वुसु खेलका एक खेलाडी रितमले विभिन्न स्थानहरुमा गएर भाग लिएर पदक पनि हत्याउन सफल बनेका छन्।यसपल्ट भने भारत भरिकै वुसु खेल‌मा भाग लिने खेलाडीहरुसित भिडेर पश्चिम बंगाललाई प्रतिनिधित्व गरेेर उनी श्रीनगर पुगेका छन्। यसपल्ट स्वर्ण पदक लिएर आउने सपना साँचेर गएका गोर्खे छोरोलाई हाम्रो शुभकामना छ। उनले बंगाल साथै तराई डुवर्स र सम्पुर्ण जिटिए क्षेत्रलाई नै पनि प्रतिनिधित्व गरेर गएका छन्।ज्ञात रहोस यो वुसु च्याम्पियनशीप आगमी २ नवम्बरदेखि जम्मु कश्मीरको एस के स्टुडियममा समपन्न हुन गइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement