एशियाडका पदक विजेताहरूसँग भेटघाटमा प्रधानमन्त्री मोदीले गरे खेलाड़ीहरूका सराहना

IMG-20261015-WA0095

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार नयाँ दिल्ली स्थित मेजर ध्यानचन्द स्टेडियममा एशियाई खेलहरू २०२६-को भारतीय दलसँग भेटघाट गरे। यस अवधि भारतीय हकी टोलीले प्रधानमन्त्री मोदीलाई हकी स्टीक र जर्सी भेट गऱ्यो। कार्यक्रममा केन्द्री खेल मन्त्री मनसुख माण्डविया, केन्द्रीय युवा मामिला एवम् खेल राज्य मन्त्री रक्षा खडसे र भारतीय ओलम्पिक संघकी अध्यक्ष पीटी उषा पनि उपस्थित थिए। प्रधानमन्त्री मोदीले जापानको आइची-नागोयामा आयोजित एशियाई खेलहरूमा स्वर्ण पदक जित्ने भारतीय क्रिकेट टोलीसँग पनि कुराकानी गरे। हालै सम्पन्न एशियाई खेलहरूमा भारतले २१ वटा स्वर्ण, २७ वटा रजत र ३७ वटा काँस्यसहित जम्मा ८५ वटा पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गऱ्यो। एशियाई खेलहरूमा भारतले हकी, क्रिकेट र कबड्डीमा दोहोरो सफलता हासिल गऱ्यो। यी खेलहरूमा भारतको महिला र पुरुष दुवै टोलीले स्वर्ण पदक जित्यो। यसरी भारतले सफ्ट बल र मिक्स्ड मार्शल आर्टस (एमएमए) जस्ता नयाँ खेलहरूमा पहिलोपल्ट पदक जितेर आफ्नो पहिचान बनायो। आज भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले खेलाड़ीहरूलाई सम्बोधित गरे अनि एशियाडमा उनीहरूका प्रदर्शनको सराहना गरे। यस अवधि उनले खेलहरूमा भारतको बढ़्दो ताकत, युवा खेलाड़ीहरूका उपलब्धिहरू, महिला एथलीट्सको योगदान र सरकारका खेल योजनाहरूको विशेष उल्लेख गरे। उनले खेलाड़ीहरूसँग आउँदो अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका निम्ति अझ मजबूत तयारी गर्ने आह्वान गरे। उनले भारतको सपना ठूलो रहेको अनि त्यसलाई साकार गर्ने क्षमता देशसँग रहेको बताए। प्रधानमन्त्रीले भने, सपना एक दिनमा पूरा हुँदैन। यसमा सालौंको धैर्य र लगातार परिश्रण अनिवार्य हुन्छ। एशियाई खेलहरूका पदक नयाँ भारतको शक्तिशाली तस्वीर हो।

About Author

Advertisement