राज्यपालद्वारा विद्यार्थीहरूका लागि ‘गाडी’ हस्तान्तरण
गान्ताेक: सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरसँग आज लोकभवनमा सुश्री बुद्धि माया तामाङको नेतृत्वमा वनवासी कल्याण आश्रमको एक प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्यो।
यस अवसरमा माननीय राज्यपालले आश्रमका विद्यार्थीहरूलाई आवतजावतमा सहज र सुरक्षित होस् भन्ने उद्देश्यले आफ्नो विवेकाधीन कोष बाट एउटा वाहन (गाडी) प्रदान गर्नुभएको छ।
भेटघाटका क्रममा सुश्री बुद्धि माया तामाङ तथा कल्याण आश्रमका पदाधिकारीहरूले राज्यपाल माथुरलाई आश्रमद्वारा सञ्चालित विभिन्न सामाजिक, शैक्षिक तथा जन-कल्याणकारी गतिविधिहरूबारे जानकारी गराए। राज्यपालको यस परोपकारी सहयोगप्रति प्रतिनिधिमण्डलले उहाँप्रति गहिरो आभार व्यक्त गरेको छ।





