हरियाली वेलफेयर सङ्घको आयोजनामा दुर्गात्सवको उद्घाटन
खोरीबारी: ”सर्वस्वरूपे सर्वेशे सर्वशक्तिसमन्विते। भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोऽस्तु ते॥” श्लोकको भक्तिमय उच्चारणका साथ खोरीबारीको महावीर स्थानमा बडादशैँ तथा दुर्गापूजा उत्सवको भव्य रूपमा प्रारम्भ भएको छ। खरीबारी सबुज वेलफेयर सङ्घको आयोजनामा निर्मित पूजा पण्डालमा माता दुर्गाको प्रतिमा स्थापना गरी दुर्गात्सवको विधिवत उद्घाटन गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दार्जिलिंग लोकसभाका सांसद राजू बिष्टले माता दुर्गा सम्पूर्ण प्राणिहरूमा विद्यमान दिव्य शक्तिको प्रतीक भएको र देवी दुर्गाको असीम कृपाले सबै परिवारमा सुख, शान्ति, समृद्धि तथा शक्ति प्रवाह हुने विश्वास व्यक्त गरे।समारोहमा यस्तो भव्य र सांस्कृतिक उत्सव आयोजना गरेकोमा खरीबारी सबुज वेलफेयर सङ्घका समस्त सदस्यहरूलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरियो। स्थानीय श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको उक्त उद्घाटन कार्यक्रममा ‘जय माँ दुर्गा’ को जयजयकारले सम्पूर्ण वातावरण भक्तिमय बनेको थियो।





