खरसाङ: दार्जिलिङ जिल्ला चिया बगान श्रमिक युनियन, सीआईटीयूका प्रतिनिधि एंव माकपा दार्जिलिङ जिल्ला सचिव मण्डलीय सदस्य सचिन खातीले पश्चिम बङ्गाल राज्य सरकारले बन्द चिया बगानका श्रमिकहरूलाई ५० किलो चामल अनि पाँच हजार रुपियाँ आर्थिक सहायता दिने सरकारको निर्णयको स्वागत गरेका छन्। उनले यसको बन्द चिया बगानहरू पनि झट्ट खोल्न पर्छ भनी सरकारप्रति माग गरेका छन्। सचिन खातीले एक भिडियो जारी गर्दै भने, राज्य सरकारलाई बन्द रहेका सम्पूर्ण चिया बगानहरू तत्काल खोल्नु पर्ने माग गर्दै युनियनले बारम्बार ज्ञापन पत्र बुझाउँदै आइरहेको थियो। लामो समयदेखि बगान बन्द रहँदा श्रमिकहरू गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै उनको पार्टीको पक्षबाट दसैँलगायत चाडपर्वको समयमा ती श्रमिकहरूमाथि आर्थिक बोझ अझ बढ्न गरेको बताए।
तिनले हालैमा उनको पार्टी एवं श्रमिक यूनियनको पक्षबाट बन्द चिया बगानका श्रमिकहरूलाई चाडपर्वको समयमा कम्तीमा छह हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्नुपर्ने माग राख्दै पत्रचार गरेको थिए साथै राजेश श्रम मन्त्री अर्जुन सिंहलाई जापानपत्र पनि जम्मा गरेको थिए। सचिन खातीले अझ भने, सञ्चालनमा रहेका चिया बगानका श्रमिकहरूले बोनस पाउने गर्छन् तर बन्द बगानका श्रमिकहरू भने बोनस तथा अन्य आर्थिक सहयोगबाट वञ्चित रहने गर्छन् । यही कारण हो कि तिनको पार्टी एवं युनियनको पक्षबाट श्रममन्त्रीलाई साथै सरकारलाई प्रथममा त बन्द चिया बगान खोल्नपर्छ भनी माग राखेका थिए। साथै बन्द रहेका श्रमिकहरुलाई यस चाडबाड दशैंको उपलक्ष्यमा ६००० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नपर्छ भने तिनीहरूले माग राखेको थिए। त्यति मात्र होइन बन्द चिया बगान श्रमिकहरूलाई अन्नपूर्ण योजनासित जोड्न पर्छ भनी पनि तिनीहरूले माग राखेको थिए। यस अवधि जुन प्रकारले बुधबार
राज्य सरकारले निर्णय लिइएको छ, उक्त निर्णयलाई श्रमिकहरूको हितमा सकारात्मक कदम बताउँदै खातीले उक्त ५००० रुपियाँ आर्थिक सहयोगले प्रभावित श्रमिक परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे। तिनले सरकारको उक्त निर्णयलाई चिया बगान श्रमिकहरूको हितमा भएको उपलब्धि एवं श्रमिकहरूको जितका रूपमा लिएको बताउँदै सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।





