मङ्गल ग्रहमा ठोकियो उल्का पिण्ड !

Mars-1

वासिङ्टन: मङ्गल ग्रहको अध्ययन गरिरहेका वैज्ञानिकहरूले गत वर्ष क्रिसमसको उपहार पाएको बिहीबार खुलासा गरेका छन्। वास्तवमा २४ दिसम्बर २०२१ मा एक उल्कापिण्ड मङ्गल ग्रहको सतहमा ठोकियो। यो टक्कर यति भयानक थियो कि ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो। चार वर्षअघि मङ्गल ग्रहको सतहमा अवतरण गरेको नासाको इनसाइट अन्तरिक्ष यानले यो पत्ता लगाएको छ। उल्कापिण्ड खसेको स्थान र नासाको इनसाइट अन्तरिक्ष यान रहेको ठाउँबीच ३ हजार ५ सय किलोमिटरको दुरी रहेको छ। मङ्गल ग्रहमा महसुस हुने भूकम्पलाई अंग्रेजीमा मार्सक्वेक्स भनिन्छ। उल्का पिण्डको टक्कर नासाको मार्स रिकोनेसन्स अर्बिटर (एमआरओ) ले पुष्टि गरेको छ। अर्बिटरले टक्कर भएको २४ घण्टापछि नयाँ बनेको क्रेटरको तस्वीर खिचेको थियो। उक्त तस्वीरमा उल्कापिण्ड खसेको कारण १५० मिटर चौडा र २१ मिटर गहिरो खाडल बनेको देखिन्छ। खाल्डो वरिपरि हिउँ देखिएको छ। १६ वर्षअघि एमआरओले मङ्गल ग्रहको परिक्रमा शुरु गरेको थियो। त्यसबेलादेखि, यो अहिलेसम्मको सबैभन्दा ठूलो क्रेटर भएको छ।

‘मङ्गल ग्रहमा उल्काको प्रभाव दुर्लभ छैन, हामीले कहिल्यै सोचेका थिएनौं कि हामीले यति ठूलो कुरा देख्नेछौं’, इनसाइट र एमआरओ मिसनहरूमा काम गर्ने इन्ग्रिड डाबरले बिहीबार भने। यो उल्का पिण्ड १६ देखि ३९ फिटको बीचमा भएको हुनसक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ। यदि यो आकारको कुनै वस्तु पृथ्वीतर्फ सर्छ भने त्यो वायुमण्डलमा नै जलेर समाप्त हुन्छ। ग्रह विज्ञानका प्रोफेसर फिलिप लोगानले बिहीबार भने कि विज्ञानले सिस्मोग्राफहरू मार्फत भूकम्प मापन गरेदेखि यो सबैभन्दा ठूलो उल्का पिण्डको प्रभाव हो। नासाले टक्करको अडियो रेकर्डिङ जारी गरेको छ, सिस्मोमिटरले सङ्कलन गरेको कम्पनबाट सिर्जना गरिएको हो। यो टक्करले मङ्गल ग्रहको भित्री भाग, ग्रहको निर्माणको इतिहासबारे गहिरो जानकारी दिने वैज्ञानिकहरूले बताएका छन्। सबैभन्दा अचम्मको कुरा हो टक्कर पछि भेटिएको हिउँको बारेमा। यो बरफ पानीमा परिणत भएर वायुमण्डलमा ग्यास बन्ने वैज्ञानिकहरुको विश्वास छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement