कालचिनी – आज राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा फालाकाटा क्षेत्रमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको नेतृत्वमा साइकल ऱ्यालीको आयोजना गरियो।

उक्त साइकल ऱ्यालीले एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको सीमा क्षेत्र लगायत फालाकाटा सहरतो परिक्रमा गरेको थियो भने एसएसबीको सीमा क्षेत्रहरूमा पनि एसएसबी जवानहरूले साइकल ऱ्याली सम्पन्न गरेको एसएसबी सुत्रले जनाएका छन्।यसको मुख्य उद्देश्य देशप्रेम बढ़ाउन अनि राष्ट्रिय एकता कायम गर्न आह्वान नागरिक समक्ष गरिएको र यस अवसरमा ठाउँ ठाउँमा एसएसबी जवानहरुले सफाई अभियान पनि सम्पन्न गरेको जनाएका छन्।









