मा.उ.से.स द्वारा पीड़ित परिवारलाई सहयोग

3942acc7-eb72-492c-ae2a-c5dd405e32ff

कालचिनी – विगत २४ सेप्टेम्बरको साँझ भयावह आगलागीमा सर्वस्व गुमाएको कालचिनी मोदी लाईनका पीड़ित परिवारहरूलाई विभिन्न संघ संस्थाहरूले विभिन्न प्रकारको सहयोग पुऱ्याउँदै आइरहेको क्रममा आज मानव उत्थान सेवा समितिको पक्षबाट आगलागीमा पीड़ित परिवारमध्ये ११ परिवारलाई छठ पूजा राम्ररी सम्पन्न गर्न सकोस भन्ने उद्देश्यले केही आर्थिक मदत प्रदान गरिएको मानव उत्थान सेवा समितिको उत्तरपूर्वाञ्चल सिलगढ़ीका अध्यक्ष महात्मा अधीना बाईजीले जनाएकी छन्।

आज कालचिनी मोदी लाईन स्थित महाकाल मन्दिर परिसरमा पीड़ित परिवारलाई बोलाएर अध्यात्मिक प्रवचन श्रवण गराएपछि नगद राशि प्रदान गरिएको थियो। आज उक्त अवसरमा मानव उत्थान सेवा समितिको उत्तरपूर्वाञ्चल अध्यक्ष महात्मा अधीना बाईजी लगायत जयगाउँ तहसील प्रभारी महात्मा शैल बाईजी, संस्थाका उत्तरपूर्वाञ्चल मूलसचिव प्रकास हाङखिम, प्रान्तपाल भीमप्रकास राई, उपप्रान्तपाल बाबुल मिजार, डुवर्स मण्डल नवदीप लामा, डुवर्स सहसचिव कमल सेवा, उपजिल्ला प्रमुख आवास लाहिरी एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

मूलतः जुन दुखद आगलागीको घटना भयो त्यसमा सम्पूर्ण घर सम्पत्ति जलेर स्वाहा भएको क्षति पुरा हुन नसकिएता पनि क्षतिग्रस्त परिवारलाई केही सहानुभूति र सहयोग दिन पाउन संस्थाले खुसी अनुभूति गरेको र यस्तो बेला सबैले सहानुभूति राख्न पर्ने भावना राखेर आज यो सहानुभूति संस्थाले राख्न आएको मानव उत्थान सेवा समितिको पक्षबाट बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement