तिहारको उपलक्ष्यमा दिल्लीमा ‘केयरिङ हयान्ड’ आयोजनामा फूटबल प्रतियोगिता

00-IMG-20221029-WA0274

नयाँ दिल्ली: तिहारको उपलक्ष्य उपलक्ष्यमा २४ अक्टोबरको दिन ‘केयरिङ हयान्ड’ एनजीओ दिल्लीद्वारा आयोजित फूटबल प्रतियोगिता दिल्लीको ‘सार एरिना फूटबल ग्राउण्डमा प्रतेक वर्षझैं यसपाली पनि भव्यताका साथ सम्पन्न गरियो। दिल्लीवासी यस मनोरञ्जन स्वरूप  प्रतियोगिताको ‌मजा लिन उत्सुकतापूर्वक बिहानदेखि नै भीड लागेका थिए।प्रतियोगिताको अवधी तिहारको दिन परेका हुनाले बेनी सोनिमा राईले नृत्य र छोरिलाकि तामाङले गीत प्रस्तुति गरिन्l  यस प्रतियोगिताको मुख्य अतिथि डा. मुनिष तामाङ थिए भने विशिष्ट अतिथि  डा. पिटर र डा. कुन्तल तामाङ थिए।

२१ दलहरूले यस प्रतियोगितामा भाग लिएका थिए‌ जसमा‌ गोर्खा एफसीले १ गोलको विरुद्ध २ गोलले पराजित गरेर यसपालीको स्व. एमएल तामाङ अनि लिडिया तामाङ  स्मारक फूटबल प्रतियोगितामा विजयी भए। विजयी दल गोर्खा एफसीले नगद १० हजार रुपियाँको पुरस्कार र ट्रफी आफ्नो नाम गर्न सफल‌ भयो। दोस्रो विजेता (पराजित) दल केयरिङ हयान्ड एनजीओ‌ रह्यो। पुरस्कार राशी र ट्रफी मुख्य अतिथि डा. मुनिष तामङको‌ बाहुलीबाट प्रदान गरियो। प्रतियोगितामा उपस्थित दर्शक‌हरू लगायत प्रतियोगितामा भाग लिने दलहरुलाई केयरिङ हयान्ड एनजीओका अध्यक्ष शिशिर राईले‌ आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement