कार्तिक उराँवको ९८औँ जन्मजयन्ती पालन

f2bd4be5-830f-4911-a4f8-f8d3ea9deef1

कालचिनी – अखिल भारतीय आदिवासी विकास परिषदको संस्थापक सदस्य तथा पूर्व सांसद एवम् आदिवासी स्वाधीनता संग्रामी कार्तिक उराँवको आज ९८औँ जन्मजयन्ती पालन गर्ने क्रममा अखिल भारतीय आदिवासी विकास परिषद औ आदिवासी विकास बोर्डको संयुक्त आयोजनामा पुरानो हाँसीमारा चौपति स्थित कार्तिक उराँवको सालिक परिसरमा पालन गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट शिव चीक बढ़ाईकले दिएका छन्।

आज उक्त अवसरमा आदिवासी विकास बोर्डको सदस्य जोसेफ कुजूर लगायत साताली ग्राम पञ्चायत प्रधान मनोज बरुवा एवम् अन्यान्य आदिवासी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्तिक उराँवको जीवनीबारे आदिवासी प्रतिनिधिहरुले कुरा राख्दै आदिवासीहरु सबै एकबद्ध रहेर अघि बढ़नु पर्ने र यस क्षेत्रमा सबै समुदाय र जातिहरुसित मिलेर बस्ने आह्वान गरेको थियो।

About Author

Advertisement