नामचेबुङ निर्वाचन क्षेत्रका लागि पाक्दोङमा २६८ वटा पुनरावेदनमाथि सुनुवाइ सम्पन्न

FB_IMG_1791821755984

​पाक्दोङ: मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत पाक्दोङ जिल्ला प्रशासनिक केन्द्रको सभाहलमा सोमबार नामचेबुङ विधानसभा निर्वाचन क्षेत्रसँग सम्बन्धित २६८ वटा पुनरावेदनमाथि सुनुवाइ सम्पन्न भएको छ।
​पाक्दोङकी जिल्ला निर्वाचन अधिकारी एवम् जिल्ला कलेक्टर परी विश्नोईले उक्त सुनुवाइको अध्यक्षता गर्नुभएको थियो। नामावलीमा दाबी तथा विरोधका क्रममा परेका पुनरावेदनहरूमाथि नियमानुसार छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।
​उक्त सुनुवाइ कार्यक्रममा अतिरिक्त जिल्ला कलेक्टर (मुख्यालय) सविन्द्र राईका साथै पाक्दोङ जिल्ला निर्वाचन कार्यालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement