पाक्दोङ: मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत पाक्दोङ जिल्ला प्रशासनिक केन्द्रको सभाहलमा सोमबार नामचेबुङ विधानसभा निर्वाचन क्षेत्रसँग सम्बन्धित २६८ वटा पुनरावेदनमाथि सुनुवाइ सम्पन्न भएको छ।
पाक्दोङकी जिल्ला निर्वाचन अधिकारी एवम् जिल्ला कलेक्टर परी विश्नोईले उक्त सुनुवाइको अध्यक्षता गर्नुभएको थियो। नामावलीमा दाबी तथा विरोधका क्रममा परेका पुनरावेदनहरूमाथि नियमानुसार छलफल गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको हो।
उक्त सुनुवाइ कार्यक्रममा अतिरिक्त जिल्ला कलेक्टर (मुख्यालय) सविन्द्र राईका साथै पाक्दोङ जिल्ला निर्वाचन कार्यालयका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।





