राइजिङ फिनिक्स कराँते कपमा मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमी खरसाङको उत्कृष्ट प्रदर्शन

f2240079-80f0-4f00-9fa6-54b861e67f9e

​खरसाङ: खरसाङको मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमीको टोलीले गत १० अनि ११ अक्टोबर सिलगढीको दिल्ली पब्लिक स्कूलमा आयोजित राइजिङ फिनिक्स कराँते कपमा उत्कृष्ट प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ। उक्त टोलीको नेतृत्व सेइशिन्काई खरसाङका अध्यक्ष समेत रहेका पुरुष प्रशिक्षक सेन्सेई सुशिल छेत्रीले गरेका थिए। एकाडेमीका प्रशासनद्वारा सेन्पाई निकिता प्रधानलाई महिला प्रशिक्षक तथा सेन्पाई असीम तामाङलाई रेफ्री/जजको रूपमा नियुक्त गरिएको थियो। यो प्रतियोगिता बालबालिकाहरूलाई शारीरिक तथा मानसिक गतिविधिहरूमा संलग्न गराई उनीहरूमा आत्मविश्वास र अनुशासनको विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजना ‘द डेन’ ले कराँते एसोसिएसशन अफ दार्जीलिङ डिस्ट्रिक्टका अध्यक्ष सिहान अनिल राईको रेखदेखमा गरिएको थियो। उक्त प्रतियोगितामा बिहार, सिक्किम, कालेबुङ, मिरिक, खरसाङ, ताक्दाह, दिलाराम, सिलगढी अनि जलपाईगढी जिल्लाहरूबाट कुल ६८० जना विद्यार्थीहरूले भाग लिएका थिए। सेन्ट अल्फोन्सस स्कूलमा अध्ययनरत ईषान्त प्रधानले पुरुष विधामा उत्कृष्ट फाइटरको उपाधि जित्दै ट्रफी र नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी, एकाडेमीकी वरिष्ठ प्रशिक्षक सेन्पाई निकिता प्रधानलाई प्रतियोगिताको “उत्कृष्ट प्रशिक्षक”बाट सम्मानित गरियो। प्रतियोगितामा मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमीले कुल २६ स्वर्ण, २६ रजत अनि २५ काँस्य गरी जम्मा ७७ पदकका साथ पदक तालिकाको शीर्ष स्थान हासिल गर्दै च्याम्पियनशिप ट्रफी सहित पन्ध्र हजार नगद पुरस्कार प्राप्त गऱ्यो। सेन्सेई सुशिल छेत्रीले कराँते खेलाडीहरूलाई यस्तो उत्कृष्ट मञ्च प्रदान गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गरे साथै, उनले आफूमाथि विश्वास राख्दै युवाहरूलाई जीवनका हरेक पक्षमा मार्गदर्शन र सहयोग गरेकोमा आफ्ना गुरु सेन्सेई सन्दीप गोर्खा प्रधानलाई पनि धन्यवाद दिएका छन्।

About Author

Advertisement