असहायहरुलाई सहयोग गर्न संकट साथी संस्थाद्वारा वनवास क्याम्पको उदघाटन

650b4d39-8fdc-44fb-be15-f9951cbfbc21

खरसाङ : संकट साथी संस्थाद्वारा असहायहरु र संकटमा रहेकाहरुलाई सहयोग गर्न हेतु वनवास क्याम्पको‌ उदघाटन गरेको छ । यस वनवास क्याम्पमार्फत् संकलन गरिएको रकमबाट नै सहयोग गरिने भएको छ। यस अन्तर्गत आईतवार खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटारको बाघमारा बस्तीमा वनवास क्याम्पेनिङको शुरुवात गरिएको छ। उक्त वनवास क्याम्पको उदघाटन संकट साथी संस्थाका संस्थापक सभापति राजेन्द्र तामाङको बाहुलीबाट रिबन काटेर गरिएको छ। उक्त वनवास क्याम्पको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा टुल्कु रिङ्देन ला उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा महानदी ग्राम पञ्चायतका उप प्रधान राजीव तामाङ, शिवखोला ग्राम पञ्चायतका उप प्रधान विक्की पाख्रिन, पर्यटन व्यवसायी राजेन प्रधान, जमीनदाता निङमा लेप्चा लगायत अन्यहरु उपस्थित रहेका थिए। पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण संकट साथी संस्थाका सचिव अन्तोष तामाङले राखेका थिए। यस उदघाटन कार्यक्रममा संकट साथी संस्थाका पदाधिकारीहरुका उपस्थितिमा प्रमुख अतिथि ‘टुल्कु रिङ्देन ला’ को बाहुलीबाट केक पनि काटिएको थियो। कार्यक्रममा संकट साथी संस्थाको स्थापना र यसको उद्देश्य विषयमा संस्थाका सभापति राजेन्द्र तामाङले वक्तव्य राख्दै विस्तृत जानकारी गराएका थिए भने वनवास क्याम्पको विषयमा उपाध्यक्ष दिलिप सुब्बाले वक्तव्य राखेका थिए।‌ यसै कार्यक्रममा अन्तोष तामाङ, सतीश राई, दिपेस पाख्रिन, दिलिप सुब्बा आदिले गीत प्रस्तुत गरेका थिए भने नानीहरुले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। उक्त सांस्कृतिक कार्यक्रमलाई संकट साथी संस्थाका प्रवक्ता विमल गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित टुल्कु रिङ्देन ला, महानदी ग्राम पञ्चायतका उप प्रधान राजीव तामाङ, पर्यटन व्यवसायी राजेन प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सह सचिव शर्मिला तामाङले राखेका थिए। यस कार्यक्रम र वनवास क्याम्पको उदघाटन समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै संकट साथी संस्थाका अध्यक्ष राजेन्द्र तामाङले संकट साथी संस्थाद्वारा आसाम बाढ पिढीतहरुलाई सहयोग गरेपछि संकटमा परेका मानिसहरुलाई सहयोग गर्न पहल गर्दै संकट साथी संस्थाको स्थापना गरिएको र यसमा जम्मा 12 जना सदस्य सदस्याहरु रहेको बताएका छन्‌। उनले संकटमा परेका र समस्यामा परेका साथै बिमारीहरुलाई सहयोग गर्न बनवास क्याम्प शुरु गरिएको र यसबाट नै सहयोग गरिने जानकारी गराएका छन्।

About Author

Advertisement