खरसाङ शेर्पा एसोसिएसनको तर्फबाट ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारीहरुलाई खरसाङमा भव्य स्वागत

e9e52ece-f74c-4af9-8320-5c4dada98104

खरसाङ: खरसाङ शेर्पा एसोसिएसनको तर्फबाट ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारीहरुलाई खरसाङमा भव्य स्वागत गरिएको छ।‌ बिहीवार ८ अक्टोबरको दिन दार्जिलिङमा हुने ग्लोबल शेर्पा मिटमा भाग लिन आईपुगेका ग्लोबल शेर्पा एसोसिएसनको प्रतिनिधिहरुलाई खरसाङमा भव्य स्वागत गरिएको छ। यस अवसरमा खरसाङको वार्ड नम्बर ७ अन्तर्गत स्वतन्त्रता सेनानी सावित्री देवी पथबाट शेर्पा जातिको पारम्परिक शेर्पा भेषभूषामा साथै शेर्पा जातिको रीति रिवाज र शेर्पा जातिको सांस्कृतिक रुपमा शिल्बा नृत्य र स्याब्रु नृत्यको साथमा स्वागत गरिएको थियो भने शेर्पा बस्तीस्थित धारगेलिङ गुम्बामा पुगेर स्वागत कार्यक्रममा परिणत भएको थियो।‌ यस अवसरमा विश्वभरिका 35 वटा देशहरुबाट आएका ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारीहरुलाई खरसाङमा भव्य स्वागत गरिएको छ। उक्त स्वागत कार्यक्रमलाई पासाङ लक्की शेर्पाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङ शेर्पा एसोसिएसनका अध्यक्ष दावा शेर्पाले राखेका थिए। उनले अतिथिहरुको स्वागत साथै खरसाङमा शेर्पाहरुको इतिहास विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा दीप प्रज्वलन साथै खरसाङ शेर्पा एसोसिएसनको‌ तर्फबाट स्याब्रु र गीत पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा अतिथिहरु क्रमैले विश्व शेर्पा एसोसिएसनको अध्यक्ष थेन्डुप शेर्पा, विश्व शेर्पा एसोसिएसनका संस्थापक एवं पूर्व अध्यक्ष आङ दोर्जे शेर्पा, शेर्पा एसोसिएसन भारत र नेपालका अध्यक्षद्वय साथै खेन्बो पासाङ दावा शेर्पा र खेन्बो नवाङ खुसेन आदिको बाहुलीबाट फेमर अर्थात् केक काटिएको थियो। कार्यक्रममा ग्लोबल शेर्पा एसोसिएसनका पदाधिकारीहरु र प्रतिनिधिहरुको परिचय आदान प्रदान गरिएको थियो।‌ कार्यक्रममा धन्यवाद ज्ञापन खरसाङ शेर्पा एसोसिएसनका सल्लाहकार पासाङ डेन्डुप शेर्पाले राखेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ शेर्पा एसोसिएसनका अध्यक्ष दावा शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement