अन्तिम समयमा मुख्यमन्त्री सुभेन्दु अधिकारीको दार्जीलिङ भ्रमण रद्द

IMG-20261007-WA0052

दार्जीलिङ: पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीको बुधवार दार्जीलिङ भ्रमण गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा रद्द भएको छ। गोर्खा जनमुक्ति मोर्चाको २०औँ स्थापना दिवस समारोहमा सहभागी हुन उनी दार्जीलिङ आउने कार्यक्रम तय भएको थियो। मंगलवार साँझ पश्चिम बंगालको सुरक्षा निर्देशनालयबाट जारी सूचनामा मुख्यमन्त्रीको दार्जीलिङ जिल्ला भ्रमणसम्बन्धी निर्धारित कार्यक्रम रद्द गरिएको जनाइएको थियो। मुख्यमन्त्री बुधवार दिउँसो लगभग २ बजी कोलकाताबाट बाघडोगरा हवाई अड्डामा आइपुग्ने कार्यक्रम थियो। उनको भ्रमणलाई लिएर दार्जीलिङमा प्रशासनिक तयारी तीव्र पारिएको थियो। लेबोङ र सन्त जोसेफ स्कूलको मैदानमा निरीक्षण तथा पूर्वाभ्यास समेत गरिएको थियो। प्रस्तावित भ्रमणलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले बुधवार बिहान ८ बजीदेखि साँझ ७ बजेसम्म यातायातमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो। यसको साथै लेबोङ कार्ट रोडका धेरै विद्यालयसमेत बुधवार बन्द रहने बताइएको थियो। सिलगढीबाट दार्जीलिङ, खरसाङ तथा खरसाङबाट सिलिगुडी जाने गाडीहरुको आवात जावत समेत प्रभावित हुने अपेक्षा गरिएको थियो।
मुख्यमन्त्रीको भ्रमण रद्द हुनुले गोजमुमोका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण अवसर गुमेको बताइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा गोर्खा जनमुक्ति मोर्चाको प्रभाव पहाडमा पुनः स्थापित गरेर शक्तिशाली बन्ने सन्देश दिन सक्ने उनीहरूको भनाइ थियो। गोजमुमो अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको स्थापना ७ अक्टोबर २००७ मा दार्जिलिङमा भएको थियो। आज गोर्खा जनमुक्ति मोर्चाले आफ्नो २० औं स्थापना दिवस दार्जिलिङमा मनाईरेहको छ।

About Author

Advertisement