राजगञ्ज। आज दिव्याङ्गहरूलाई राजगञ्जका विधायक खगेश्वर रायले प्रमाण पत्र प्रदान गरे। राजगञ्जको विधानसभा अन्तर्गत सदर ब्लकको बेलाकोवा ग्रामीण अस्पतालमा एउटा कार्यक्रमबीच लगभग १ सय जना दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान गरियो।
यस विषयमा विधायक रायले भने, एउटा शिविरको आयोजना गरेर दिव्याङ्गहरूको जाँच गरेपछि आज तिनीहरूलाई दिव्याङ्ग प्रमाण पत्र प्रदान गरिएको हो। आगामी दिनमा पनि यस प्रकार कार्यक्रम गरिने तिनले बताए।