गाँजासहित एकजना पक्राउ

IMG_20220530_213709.png

सिलगढी। लाखौँ रुपियाँको गाँजासहित एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनलाई जलपाइगढी अदालतमा उभ्याइयो। पक्राउ परेका व्यक्ति देनियाल अलीको रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा नौकाघाट इलाकामा अभियान चलाएर ३५ केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त व्यक्तिले नेपालमा तस्करी गर्ने उद्देश्यले गाँजा लगिरहेको थियो। जफत गरेको गाँजाको अनुमानिक बजार मूल्य डेढ लाख रुपियाँ रहेको छ।

About Author

Advertisement