नयाँ दिल्ली: पोर्तुगल फूटबल टोलीका मुख्य प्रशिक्षक जर्ज जीससले क्रिस्टियानो रोनाल्डो फेरि राष्ट्रिय टोलीको निम्ति खेल्न चाहे उनको निम्ति दैलो खुल्ला रहेको बताएका छन्। यसको साथमा उनले आउँदो टोली घोषणासम्म रोनाल्डोलाई आफ्नो भविष्य र करियरलाई लिएर फसेला गर्ने सुझाउ दिएका छन्। कप्तानीको भूमिकालाई लिएर बढ़िरहेको मतभेदबीच प्रशिक्षक जीससले सार्वजनिक रूपमा कुरा गरेको केही घण्टापछि ४१ वर्षीय दिग्गज फरवर्ड रोनाल्डोले राष्ट्रिय टोलीको शिविर छोड़ेका थिए। राष्ट्रिय शिविर छोड़ेपछि रोनाल्डोले सोशल मीडियामा स्पष्टीकरण दिएका थिए। उनले सही समयमा आउँदा पोर्तुगलका मानिसहरूलाई राष्ट्रिय टोली छोड़ने कारण बताउने दावी गरेका थिए। यसबीच पोर्तुगलले आइतवार राति नर्वेलाई २-१-ले पराजित गरी नेशन्स कपको क्वार्टर फाइनलमा स्थान बनायो। म्याच जितेपछि पोर्तुगलका प्रशिक्षक जीससले अनुभवी खेलाड़ीको भविष्यमाथि कुरा गर्दै भने, भविष्यमा के हुनेछ भन्ने मलाई थाहा छैन। मेरो तर्फबाट सबै कुरा खुल्ला छ। राष्ट्रिय टोलीबाट खेल्न चाहे उनी फर्किन सक्छन्। रोनाल्डोले आउँदो टोलीको घोषणा अघि आफ्नो जीवनबारे फसेला गर्नु पर्नेछ। उनी राष्ट्रिय टोलीमा रहन अनि खेल्न चाहन्छन् भने कुनै समस्या छैन। यो कुनै रिसाउने कुरा होइन कारण यो केवल एउटा भूल बुझाबुझ थियो। मेरो विचारमा यसलाई सही गर्नु सजिलो छ तर कहिले भन्ने चाहिँ मलाई थाहा छैन। म्याच समाप्त भइसकेको छ अनि हामी अघि बढ़िसकेका छौं। उल्लेखनीय छ, नेशन्स लीगको शुरुवाती म्याचमा पोर्तुगलको वेल्सविरुद्ध १-०-ले जीतको समय रोनाल्डो टोलीका हिस्सा थिए तर नर्वेविरुद्ध अघिल्लो म्याचमा उनलाई सब्स्टीट्यूड बेञ्चमा राखिएको थियो। दोस्रो हाफको समय उनलाई वर्म अप गर्नु भनिएको थियो तर उनी निराश देखिए अनि पूरा म्याचमा खेल्न ओर्लिएनन्। म्यानचेष्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व फूटबलरलाई २००८ पछि पहिलोपल्ट आफ्नो देशको निम्ति कुनै प्रतिस्पर्धी म्याचमा सब्स्टीट्यूडको रूपमा सामेल गरिएपछि खेलाइएन। पोर्तुगलका मीडफिल्डर ब्रूनो फर्नाण्डेजले रोनाल्डोले असाधारण बिदाई पाउनु पर्ने मत व्यक्त गरेका छन्। यसबारे जीससले भने, म ब्रूनोसँग सहमत छु। मेरो पनि त्यही सोच रहेको छ। सबैले यही कुरा गरिरहेका छन्। विश्व कपमा हारेपछि रुँदै रोनाल्डोको करियरको अन्त हुन सक्दैन।





