खरसाङमा एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट हुने

IMG-20261004-WA0144

खरसाङ: खरसाङमा एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट हुने भएको छ। उक्त एमएलए कप फुटबल इन्टर वार्ड फुटबल टुर्नामेन्ट हिल फुटबल एकाडेमीको आयोजनामा खरसाङ नगरपालिका अन्तर्गत रहेका वार्डहरुलाई लिएर आयोजना गरिने भएको छ।

यस विषयमा आज प्रेस क्लब अफ् खरसाङमा एक पत्रकार सम्मेलन आयोजना गरेर आयोजक समितिको मुख्य संयोजक बिक्रम गोले, संयोजक, हिल फुटबल एकाडेमीका निर्देशक साथै पूर्व राष्ट्रिय फुटबल खेलाडी नगेन तामाङ अनि सभापति फुर्बा तामाङले यस एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट विषयमा विस्तृत जानकारी गराउँदै आगामी ९ अक्टोबरदेखि १९ अक्टोबर २०२६ सम्म खरसाङको मन्टिभियट खेल मैदानमा गरिने भएको छ। स्थानीय युवा फुटबल खेलाडीहरुलाई पहिचान गरेर निकाल्नु साथै एउटा राम्रो प्लेटफर्म दिने उद्देश्यको साथमा खरसाङका विधायक सोनाम लामाको सोच रहेको जानकारी गराएका छन्। आयोजक समितिको मुख्य संयोजक बिक्रम गोले र सभापति फुर्बा घिसिङले पत्रकारहरुलाई सम्बोधन गर्दै जानकारी गराए अनुसार यस एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट खरसाङ नगरपालिकाको एकदेखि बीस नम्बर वार्डसम्मलाई लिएर आयोजना गरिएको छ। यस फुटबल टुर्नामेन्टमा विजेतालाई ट्रफिसहित नगद पुरस्कार पचास हजार र उप विजेतालाई तीस हजार रुपियाँ प्रदान गरिने भएको छ। यसको फुटबल टुर्नामेन्टको लागि आयोजक समितिमा खरसाङ नगरपालिकाको प्रत्येक वार्डबाट एक एकजना गरेर प्रतिनिधि चयन गरेर राखिएको जानकारी गराएका छन्।

About Author

Advertisement