सिलगढी: सिलगढीको विभिन्न छठघाटहरूको तयारीको निरीक्षण गर्न एसजेडीए चेयरमेन सौरभ चक्रवर्तीले पुगे। शहरको विभिन्न ठाउँमा गएर नदी घाटहरूको निरीक्षण गरिरहेका छन्। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढीमा महानन्दा लगायत अन्य नदीहरूमा छठपुजाको लागि घाटहरूको तयारी गरिरहेको छ। यस वर्ष एसजेडीए को तर्फबाट २१ वटा छठघाट तयारी गरिरहेको छ। कावाखाली सन्तोषी नगर लगायत केही ठाउँहरूको नदीको दुवै किनार सफा गरेर त्यहाँ छठव्रतीहरूको लागि छठघाट तयारी गर्ने गरिन्छ। छठघाटहरूको निरीक्षणमा आएका सौरभ चक्रवर्तीले भने, एसजेडीए को तर्फबाट २१ वटा छठघाट तयारी गरिदिएको छ। १ करोड रुपियाँको टेन्डर पास भएकोले इञ्जिनियर तथा अधिकारीहरूको एउटा टोलीले सिलगढीको प्रत्येक घाटको निरीक्षण गरिरहेको छ।









