सूर्या फाउन्डेशन र महानदी ग्राम पञ्चायतको आयोजनामा स्वच्छता अभियान एवं डस्टबीन वितरण कार्यक्रम सम्पन्न

273649d6-99c9-4859-9c53-84eb77d2daaa

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदीमा सूर्या फाउन्डेशन र महानदी ग्राम पञ्चायतको संयुक्त आयोजनामा स्वच्छता अभियान एवं डस्टबीन वितरण कार्यक्रम सम्पन्न भएको छ। सूर्या फाउन्डेशन तथा महानदी ग्राम पञ्चायतको संयुक्त तत्त्वावधानमा महानदी ग्राम पञ्चायत परिसरमा स्वच्छता अभियान तथा डस्टबिन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।यस कार्यक्रम अन्तर्गत सूर्या फाउन्डेशनको तर्फबाट विभिन्न सामाजिक तथा सार्वजनिक संस्थाहरूलाई २५ वटा डस्टबीनहरु वितरण गरिएको छ। मन्दिर, गुम्बा, आँगनबाडी केन्द्र, स्वास्थ्य केन्द्र, सामाजिक भवन तथा अन्य सार्वजनिक स्थलहरूमा स्वच्छता कायम राख्ने उद्देश्यले डस्टबिन वितरण गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रमको अध्यक्षता महानदी ग्राम पञ्चायतकी पञ्चायत प्रधान सोनिका तामाङले गरेकी थिइन्। कार्यक्रममा उप प्रधान राजीव थापा, पञ्चायत सचिव पेनसन लमु लामा लगायत सेवाभावी व्यक्तित्वहरू क्रमैले उमेश प्रधान, विनय प्रसाद, चन्दन प्रसाद, आरबी लामा, सुनिता खाती, बन्टी लामा तथा अन्य नागरिक समाजका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमको अवसरमा महानदी ग्राम पञ्चायत परिसरमा सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो। सो अवसरमा सूर्य फाउन्डेशनका क्षेत्र प्रमुख कमल दाहालले स्वच्छ वातावरण निर्माण, सार्वजनिक स्थलको संरक्षण तथा समाजमा स्वच्छताप्रतिको चेतना अभिवृद्धि गर्नुको महत्त्वबारे प्रकाश पारेका थिए। त्यसरी नै महानदी ग्राम पञ्चायतका सचिवा पेनसन लमु लामाले ग्राम पञ्चायत अन्तर्गत सञ्चालन भइरहेका स्वच्छता कार्यक्रम तथा आगामी दिनहरुमा स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्नो वक्तव्य राखेकी थिइन्।

सेवाभावी विनय प्रसादले पनि स्वच्छता र सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा महानदी ग्राम पञ्चायतका जनप्रतिनिधिहरू, सूर्य फाउन्डेशनका क्षेत्र प्रमुख कमल दाहाल, योगेन्द्र छेत्री तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमले महानदी ग्राम पञ्चायत क्षेत्रमा स्वच्छता, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको बताइएको छ।

About Author

Advertisement