सिलगढी: सिलगढी टी अक्सन कमिटी (एसटीएसी) ले आफ्नो ५०औँ वार्षिकोत्सवका अवसरमा सिलगढीमा आयोजित स्वर्ण जयन्ती समारोह भव्यताका साथ सम्पन्न गरेको छ। चिया व्यापारमा पुर्याएको ५० वर्षको विशिष्ट योगदानको सम्झनामा आयोजित उक्त कार्यक्रममा साँझ ‘टी कार्निभल’ (चिया महोत्सव) समेत आयोजना गरिएको थियो।

कार्यक्रममा सांसद राजु विष्ट, सिलगढीका विधायक डॉ. शंकर घोष लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। दार्जिलिङ पहाड, सिलगढी, तराई र डुवर्स क्षेत्रको चिया व्यापार प्रवर्द्धनमा कमिटीले खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिहरूले भरिपूर्ण यस समारोहमा आकर्षक ‘ड्रोन शो’ समेत प्रदर्शन गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक र अविस्मरणीय बनाएको थियो।





