स्वच्छता ही सेवा’ अभियान अन्तर्गत आकाशवाणी खरसाङद्वारा मुख्य पर्यटकीय स्थल सर सफाई

4fb51af0-fb97-4d90-9beb-9c115c9944b1

खरसाङ: आकाशवाणी खरसाङद्वारा ‘स्वच्छता ही सेवा’ अभियान अन्तर्गत बिहीबार खरसाङको एक प्रमुख पर्यटकीय स्थल इगल क्रेकमा सफाई अभियान आयोजना गरेको छ। आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक एंव कार्यक्रम निष्पादक राजीव सुब्बाको नेतृत्वमा आकाशवाणी खरसाङका स्थायी र अस्थायी कर्मचारीहरूले सफाई अभियान चलाएका छन्। यस अवसरमा आकाशवाणी खरसाङका २५-३० जना स्थायी र अस्थायी कर्मचारीहरु उपस्थित भएर खरसाङको पर्यटकीय स्थल इगल क्र्याक परिसर सर सफाई गरेका छन्। मानिसहरुलाई आफ्नो घर मात्र होइन तर पर्यटकीय र सार्वजनिक स्थलहरुको पनि सर सफाई गर्नु पर्ने भन्ने सन्देश दिनलाई उक्त सर सफाई अभियान आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस सर सफाई अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक एंव कार्यक्रम निष्पादक राजीव सुब्बाले आकाशवाणी खरसाङको स्थायी र अस्थायी कर्मचारीहरु मिलेर खरसाङको पर्यटकीय स्थल इगल क्र्याकको सर सफाई आयोजना गरिएको बताएका छन्।

उनले यस सफाई अभियानमा सहभागी सबैलाई धन्यवाद दिएका छन् भने नगरपालिका प्रशासनलाई पनि धन्यवाद दिएका छन्। उनले यो सफाई अभियान मानिसहरुलाई आफ्नो घर मात्र होइन तर पर्यटकीय र सार्वजनिक स्थलहरुको पनि सर सफाई गर्नु पर्ने भन्ने सन्देश दिनलाई उक्त सर सफाई अभियान आयोजना गरिएको जानकारी गराएका छन्

About Author

Advertisement