‘जीटीए सबैभन्दा ठूलो असफलता हो: बिक्रमादि राई
खरसाङ: नो मोर जीटीएको नारासहित गत २७ सेप्टेम्बरमा गोरुबथानबाट शुरु भएको गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा बुधवार बिहान खरसाङ आईपुगेको थियो। गोरुबथानबाट कालेबुङसम्म र मंगलवार सुकनादेखि रंगटङ्ग, तीनधारे, घैयाबारी र महानदी हुँदै गिध्द पहाडसम्म आएर बास बसेर बुधबार गिध्द पहाडदेखि पैदल यात्रा शुरु भएर खरसाङ हुँदै सोनादासम्म पुग्ने भएको छ। बिहीबार सोनादादेखि दार्जिलिङसम्म जाने भएको छ भने २ अक्टोबरको दिन दार्जिलिङमा गोर्खाल्याण्ड नौलो संघर्ष समितिको जनसभा हुने भएको छ। बुधबार गिध्द पहाडबाट यात्रा शुरु भएर गिध्द पहाडस्थित मन्दिरमा पूजा अर्चना गरेर पैदल यात्रा शुरु गरेर बिहान ११ बजीको समयमा खरसाङ आईपुगेको थियो। यस पैदल यात्रामा लगभग १०-१२ जना युवाहरुले सहभागिता जनाएका थिए। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको उक्त पैदल यात्रा खरसाङको रेलवे स्टेशनमा आईपुगेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै बिक्रमादि राईले यो सर्वसाधारणको आवाज हो भन्दै जीटीए पहिलेको सम्झौताभन्दा राम्रो हो भन्ने थियो तर जीटीएले जीटीएबाट सर्वसाधारणको केही हुनेवाला छैन र जातीय मुद्दाको पनि केही हुनेवाला छैन भन्ने कुरा सबैले बुझिसकेका बताएका छन्। उनले भने, यो आवाज सर्वसाधारणको जनभावना हो र यसलाई हामीले सडकमा ल्याएका हौं। यो गोर्खाल्याण्डको नौलो आन्दोलन हो। यस आन्दोलन विषयमा केन्द्र सरकारलाई पनि थाहा छ।’ बिक्रमादि राईले एक प्रश्नको उत्तरमा भने, ‘जीटीए सबैभन्दा ठूलो असफलता हो। जीटीए डीजीएचसीभन्दा ठूलो असफल भएको हो। अब हामी जीटीए चाहादैनौं। हामी गोर्खाल्याण्ड चाहान्छौं।’
राईले भने, मुद्दाको लागि सबैजना एकै मञ्चमा आउनु हुँदैन किनभने मुद्दामा काम गर्न इमान्दार पनि हुन्छन् र उध्दार पनि हुन्छन् र यसले गर्दा एकतामा आउनु हुँदैन बरु सर्वसाधारणले कुन समूह ठीक छ र कुन नेताको नेतृत्वमा ठीक हुन्छ त्यो आफै बुझ्ने कुरा हो। यो एकताको सपना पूरा हु सक्दैन किनभने १९८६ सालदेखि नै एकता भयो तर परिणाम केवल शून्य नै रहेको छ।’
राईले गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा १ अक्टोबरमा दार्जिलिङ पुग्ने र २ अक्टोबरमा दार्जिलिङ जनसभा हुने र उक्त जनसभामा नै गोर्खाल्याण्ड नौलो संघर्ष समितिको आगामी दिनको कुराहरु घोषणा गरिने जानकारी गराएका छन्।





