नयाँ दिल्ली: एशियाई खेलहरू २०२६-मा भारतलाई शूटिंगमा अझ एउटा स्वर्ण पदक हासिल भयो। नीरू ढाण्डाले महिलाहरूकी शट्गन ट्र्याप स्पर्धामा स्वर्ण पदक जितेर इतिहास रचिन्। उनी यस स्पर्धामा कुनै पनि पदक जित्ने भारतकी पहिलो महिला शूटर बनेकी छन्। उनले फाइनलमा ३०-मा २८ पल्ट सटीक निशाना लगाइन्। चीनकी यूनांग सुनले २६-को स्कोरसहित रजत पदक जितिन्। यसको साथै नीरूले एशियाई रेकर्ड पनि तोड़िन्। यतिमात्र नभएर उनी जारी एशियाडमा व्यक्तिगत स्वर्ण पदक जित्ने पहिलो खेलाड़ी पनि बनिन्। यस सफलताको साथ एशियाई खेलहरूमा भारतीय शूटिंगको निम्ति ३६ सालको लामो प्रतीक्षा पनि समाप्त भयो। महिलाहरूकी शट्गन ट्र्याप व्यक्तिगत स्पर्धा १९९०-मा एशियाई खेलहरूका हिस्सा बनेको थियो तर २०२२ हांगझोउ एशियाई खेलहरूसम्म यस स्पर्धामा भारतले एउटा पनि पदक जित्न सकेको थिएन। यसपाली आइची-नागोयामा नीरूले यस लामो प्रतीक्षाको अन्त गरी इतिहास रचिन्। यसरी यस स्पर्धामा भारतले आफ्नो पहिलो पदक जित्यो, त्यो पनि स्वर्णको रूपमा। पुरुषहरूका व्यक्तिगत ट्र्याप स्पर्धामा भारतले एउटा स्वर्ण पदक जितिसकेको छ। १९७८ ब्यांकक एशियाडमा रन्धीर सिंहले स्वर्ण पदक जितेका थिए तर महिलाहरूमा चाहिँ यसपाली पहिलोपल्ट पदक आएको छ। पुरुषहरूका व्यक्तिगत ट्र्याप स्पर्धामा रन्धीरले १९८२-को नयाँ दिल्ली एशियाई खेलहरूमा पनि काँस्य जितेका थिए। यससरी मानवजीत सिंह सन्धूले २००६ दोहा एशियाडमा रजत पदक जितेका थिए। लक्ष्य श्योरण (नीरूका भाई)-ले २०१८ जकार्ता एशियाडमा रजत पदक जितेका थिए। २०२२-मा किनन चेनाईले काँस्य पदक हासिल गरेका थिए। यसरी पुरुषहरूका व्यक्तिगत ट्र्याप स्पर्धामा भारतले अहिलेसम्म ५ वटा पदक जितिसकेको छ। नीरूको २८-को स्कोर केवल स्वर्ण पदक जित्नेसम्म सीमित रहेन। यस प्रदर्शनको साथ उनले एशियाई रेकर्ड पनि तोड़िन्। यसअघि महिलाहरूकी ट्र्याप व्यक्तिगत स्पर्धामा एशियाई रेकर्ड २४ अंकको थियो, जसलाई चाइनीज ताइपेकी वान यू लियूले १९ जनवरी २०२६-मा बनाएकी थिइन्। नीरूले फाइनलमा २८-को स्कोर गरी पुरानो रेकर्डमा ४ अंकको सुधार गरिन्। १९९०-को बेजिंग एशियाई खेलहरूमा महिलाहरूकी शट्गन ट्र्याप स्पर्धालाई पहिलोपल्ट सामेल गरिएपछि चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाईल्याण्ड र लेबनानकी खेलाड़ीहरूले नै पदक जित्दै आएका थिए तर यसपाली भारतलाई पोडियममा शीर्ष स्थान दिलाएर नीरूले इतिहास बदलिन्। आइची-नागोयामा यो भारतको पहिलो व्यक्तिगत स्वर्ण पदक पनि हो। यसअघि भारतले चारवटा पदक मिश्रित या टीम स्पर्धाहरूमा जितेको थियो। एशियाई खेलहरू २०२६-मा यो नीरूको दोस्रो पदक हो। यसअघि महिलाहरूकी ट्र्याप टीम स्पर्धामा नीरू ढाण्डा, आशिमा अहलावत र मनीषा कीरकी भारतीय टोलीले ३ दिनको १२५ शट् क्वालीफिकेशन राउण्डपछि जम्मा ३२८ अंक हासिल गरी रजत पदक जितेको थियो।





