सिलिम हिल चियाबारीमा रहल पाँच प्रतिशत बोनस वितरण नगरिएकोमा भागोप्रमोद्वारा प्रबन्धकलाई ज्ञापन

IMG-20221028-WA0221.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिलिम हिल चियाबारीमा श्रमिकहरूले रहल पाँच प्रतिशत बोनस तिहार अघि नै हालिदिने प्रबन्धक पक्षले आश्वासन दिए पनि अहिलेसम्म नहालेको श्रमिकहरूले बताएका छन्। यसै कारणले तिहारको छुट्टीपछि बगान लागेको पहिलो दिन नै श्रमिकहरूको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षबाट प्रबन्धकलाई ज्ञापन दिने कार्य गरिएको छ। प्रबन्धकलाई ज्ञापन दिएपछि भागोप्रमोले प्रबन्धक पक्षलाई आगामी १ नोभेम्बरभित्र श्रमिकहरूले पाउने राशि प्रदान गरिनु पर्ने नत्र २ नोभेम्बरदेखि आन्दोलन गर्ने भएको बताएका छन्। चियाबारी श्रमिकहरूको लागि पूजा बोनस १५ प्रतिशत र ५ प्रतिशत गरेर वितरण गर्ने निर्णय भएको र दशैं अघि १५ प्रतिशत र तिहार अघि ५ प्रतिशत भनिए पनि सिलिमहिल चियाबारीमा तिहार अघि पाँच प्रतिशत बोनस नहालिएको कारणले चियाबारी श्रमिकहरूले कारखानामा आएर प्रबन्धकलाई घेराऊ गरिएको छ। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वमा प्रबन्धकलाई ज्ञापन दिने कार्य सम्पन्न गरिएको छ। उक्त ज्ञापन पत्र सिलिम हिल चियाबारीको प्रबन्धकलाई दिइएको छ अनि १ नोभेम्बरसम्मको अल्टीमेटम दिएको अनि यदि १ नोभेम्बरभित्र श्रमिकहरूको रहल बोनस वितरण नगरिए २ नोभेम्बरदेखि आन्दोलनमा उत्रने गरिएको बताएका छन्।

सिलिम हिल चियाबारीको प्रबन्धकलाई ज्ञापन दिने कार्यमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टीको सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, युवा शक्तिको समष्टि सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए । सभापछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्रीले विस्तृत रुपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement