दोस्रो महिमा कन्फरेन्स सम्पन्न

IMG-20221028-WA0219.jpg

खरसाङ: पानीघट्टा जबडा भेकमा तिहारको छेक पारेर होली चिल्ड्न ईंग्लिस स्कुलको खेल मैदानमा दुई दिवसीय “दोस्रो महिमा कन्फरेन्स” गत बर्ष भन्दा अझै अपार भव्यताको साथ सुसपन्न भयो। सम्मेलनलाई मुख्य अतिथि डा. एसएस राईको बाहुलीबाट रिबिन काटी सम्मेलनको उद्धघाटन गरियो। राईकै प्रार्थनाद्वारा सम्मेलनलाई ईश्वरको हातमा समर्पण गर्दै कार्यक्रमको थालनी गरियो। पा. जशिन्ता, पा. सबिन साथै उषा कानु लामाद्वारा संचालित सम्मेलनमा पा. मनोज सेन्चुरीको झुण्डले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने प्रेरित सुवास नैनन, अगमवत्ता बाबु के. मत्थुय, सुश्री सृष्टि थापा, एल्डर मसिह प्रकाश मोक्त्तान आदि वक्ताहरूको रूपमा उपस्थित थिए। सम्मेलनमा नेपाली जगतका एक सफल अनि असल समाज सेवी राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा सम्मानित भई सकेका होली प्लेस अस्पताल नक्सलबारीका सस्थापक डा. एसएस राईलाई सम्मेलनका प्रमुख साथै इण्डियन क्रिस्टियन माइनोरेटि का चियरमेन कबीर लामाको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो। कार्यक्रममा अन्य वक्ताहरूको ब्याथाले भरिएको कथा गवाहीको रूपमा सुन्दा त्यो बाक्लो जम्मा भएको भीड् जवानदेखि वृद्धसम्म धुरू धुरू रोए कति आमाहरू त डाँको छोडेर रोए। सम्मेलनको अन्तिम दिन रेभ॰जोहन राईद्वरा धन्यबाद ज्ञापन गर्दै अब महिमा कन्फरेन्स हरेक साल उक्त स्थानमा नै हुने घोषणा गर्दै बासुरीको मिठो धुन पनि सुनाइयो। विशेष धन्यबाद उनले अगापे युनाईटेड आमा संगतीलाई दिए भनी रेश्प भुसालले जानकारी दिएका छन्।

About Author

Advertisement