सोनादा: संकट मोचन विनायक मन्दिर समिति, रंगबुल फाटकद्वारा आयोजना गरिएको श्री गणेश चतुर्थी २०२६ को पवित्र पूजा तथा धार्मिक कार्यक्रमको सफलतापूर्वक समापन भएको छ। गत १४ सेप्टेम्बरदेखि २५ सेप्टेम्बर २०२६ शुक्रबारसम्म निरन्तर रूपमा आयोजना गरिएको यस पावन समारोहको शुक्रबार अन्तिम दिन रहेको थियो। अन्तिम दिनको समापन कार्यक्रममा हवन, सम्मान कार्यक्रम, भण्डारा तथा प्रसाद वितरण सम्पन्न भएपछि अन्त्यमा श्रद्धापूर्वक श्री गणेश विसर्जन गरिएको छ। शुक्रवार भारी वर्षाका बाबजुद पनि भक्तजनको उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेकोमा मन्दिर समितिद्वारा अत्यन्त हर्षित तथा आभार व्यक्त गरिएको छ। विशेष हार्दिक धन्यवाद विदेश तथा रंगबुल बाहिरबाट अनलाइनमार्फत सहयोग गर्ने सम्पूर्ण दाताहरूनसाथै मन्दिरमा राखिएको रेजिस्टर खातामा नगद तथा विभिन्न सामग्री दान गर्ने सम्पूर्ण दाताहरू, रंगबुलका स्वनिर्भर समूहहरू तथा स्वयंसेवकहरूलाई आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।कार्यक्रमको समाचार तथा गतिविधिहरू प्रचार–प्रसार गर्न सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय सञ्चारमाध्यम तथा मिडियाकर्मीहरूलाई, सम्पूर्ण भक्तजन,भक्तहरू तथा शुभचिन्तकहरूलाई पनि आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गर्ने जोरबंगलो ट्राफिक पुलिसका सम्पूर्ण कर्मचारीहरूला, विमिन साई भजन मण्डली रंगबुल सभा केन्द्रका कर्मीहरु उनीरूको भक्ति, सेवा र सहभागिताका लागि,रंगबुल वेलफेयर ड्राइभर्स एसोसिएसनलाई उनीहरूको अमूल्य सहयोग र सेवाका लागि साथै यस पावन समारोहलाई सफल बनाउन आफ्नो समय, सेवा, श्रद्धा, भक्ति र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ।





