सांसद राजु विष्टद्वारा साथ र सहयोगको आश्वासन
दार्जिलिङ: आज बिहान तकदा क्यान्टोनमेन्ट अस्पतालमा पैह्रो गएर क्षतिग्रस्त भएको छ। उक्त पैह्रोको घटनामा अस्पतालमा कतिजना घाइते पनि भएको जानकारी प्राप्त भएको छ। तकदा ग्रामीण अस्पताल दार्जिलिङ जिल्ला अन्तर्गत रङ्ली रङ्लियट खण्डका हजारौँ परिवारका लागि प्रमुख सरकारी स्वास्थ्य केन्द्र हो। आवश्यकता परेको बेला यस क्षेत्रका मानिसहरू यही अस्पतालमा उपचारका लागि भर पर्छन्। त्यसैले अस्पतालमा भएको यो क्षति, चाहे अस्थायी नै किन नहोस्, यहाँका प्रत्येक परिवारका लागि ठूलो क्षति भएको छ।
घाइते भएका सबैको शीघ्र र पूर्ण स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु भनी दार्जिलिङका सांसद राजु विष्टले बताका छन्। सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘तकदा ग्रामीण अस्पताल रङ्ली रङ्लियट बल्कका हजारौँ परिवारका लागि प्रमुख सरकारी स्वास्थ्य केन्द्र हो। आवश्यकता परेको बेला यस क्षेत्रका मानिसहरू यही अस्पतालमा उपचारका लागि भर पर्छन्। त्यसैले अस्पतालमा भएको यो क्षति, चाहे अस्थायी नै किन नहोस्, यहाँका प्रत्येक परिवारका लागि ठूलो क्षति हो। म तकदा र सम्पूर्ण रङ्ली रङ्लियट क्षेत्रका जनताको साथमा दृढतापूर्वक उभिएको छु। यो अस्पताललाई सकेसम्म चाँडो पुनः निर्माण गरी जनताको सेवामा ल्याउन आवश्यक सबै कदम चालिनेछ भन्ने म सबैलाई विश्वास दिलाउन चाहन्छु।’
उनले भनेका छन् – ‘राहत तथा उद्धारको काम, क्षतिको मूल्याङ्कन र अस्पतालको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन म सम्बन्धित अधिकारीहरू र जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा रहनेछु। तकदा र रङ्ली रङ्लियटका जनताले यस कठिन समयमा आफूलाई एक्लो महसुस गर्नुपर्दैन। हामी तपाईंहरूसँग छौँ र अस्पताललाई पुनः जनताको सेवामा ल्याउन हरसम्भव प्रयास गर्नेछौँ।’





