घुम्ती चियाबारीमा बीस प्रतिशत बोनस वितरण

d51395e2-0eba-4657-a08f-b3bcce634347

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अन्तर्गत घुम्ती चियाबारीमा श्रमिकहरुलाई बीस प्रतिशत बोनस वितरण गरिएको छ। घुम्ती चियाबारीका सम्पूर्ण चियाबारी श्रमिकहरुलाई बीस प्रतिशतको दरले यसपाली पूजा बोनस वितरण गरेकोमा घुम्ती चियाबारीका सम्पूर्ण श्रमिकहरु सभा बसेर बीस प्रतिशत बोनसको लागि सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। विशेष गरेर यसपाली शान्तिमय ढंगमा, कुनै अशान्ति र लुनै झमेलाबिना चियाबारी श्रमिकहरुलाई बीस प्रतिशतको दरले बोनस वितरण गरेकोमा घुम्ती चियाबारीको मालिक पक्षलाई श्रमिकहरुको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। यसको साथै घुम्ती चियाबारीको मालिक, महाप्रबन्धक, सह प्रबन्धक, कार्यालयका कर्मचारीहरु, राज्य सरकार सबैलाई चियाबारी श्रमिकहरुको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ भनी सम्पूर्ण श्रमिकहरुको तर्फबाट घुम्ती चियाबारीबाट देवेन सुब्बाले सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement