इस्लामपुर महकुमाका बीसजना पञ्चायत समिति सदस्यहरुद्वारा गोर्खा जनमुक्ति मोर्चालाई समर्थन

ab7f5278-a702-449b-96bd-28d21c83f6c7

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत इस्लामपुर पञ्चायत समितिका जम्मा ३८ जना सदस्यहरूमध्ये २० जना सदस्यहरूले बुधबार दार्जिलिङको सिहँमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष बिमल गुरुङसँग भेटघाट गरी आफ्नो समर्थन व्यक्त गरेका छन्। उक्त भेटका क्रममा सदस्यहरूले अध्यक्ष बिमल गुरुङप्रति आफ्नो आस्था, विश्वास र राजनीतिक भरोसा रहेको जनाउँदै गोर्खा जनमुक्ति मोर्चाको नीति, विचार र नेतृत्वप्रति समर्थन गरेका छन्। विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको राजनीतिक अधिकार, सुरक्षा, सम्मान र समान सहभागिता सुनिश्चित गर्न गोर्खा जनमुक्ति मोर्चाले निरन्तर आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस विषयलाई प्राथमिकताका साथ अघि बढाउने पार्टीको प्रतिबद्धता रहेको छ। यस समर्थनलाई पार्टीले जनताको विश्वास र राजनीतिक सहभागिताको महत्वपूर्ण अभिव्यक्तिका रूपमा लिएको छ।

तराईदेखि पहाडसम्मका सबै नागरिकको अधिकार, सम्मान र लोकतान्त्रिक सहभागितालाई केन्द्रमा राख्दै गोर्खा जनमुक्ति मोर्चा आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नेछ भनी गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट बताइएको छ।

About Author

Advertisement