गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका मन्त्री जी.टी. ढुङ्गेललाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै मुख्यमन्त्री तामाङले मन्त्री ढुङ्गेलको सुस्वास्थ्य, दीर्घायु तथा सुख-शान्तिको कामना गरेका छन्। उनले मन्त्री ढुङ्गेलले जनताको सेवामा निरन्तर समर्पणका साथ काम गरिरहने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सफलता र सार्थक योगदानको निरन्तरताको कामना गरेका छन्।





