टिस्टा नदीमा बगेको बाछोको उद्धार गरी आमासँग पुनर्मिलन, सांसद बिस्टद्वारा प्रशंसा

Screenshot_20260922_135922_Facebook

​सिलगढी: सिलगढी नजिकै गजल्डोबा क्षेत्रमा टिस्टा नदीले बगाएको ३-४ दिनको बाछोलाई माझीहरू र वन विभागको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।
​दार्जीलिङका सांसद राजू बिस्टले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मानवीयता र ‘वसुधैव कुटुम्बकम्’ को उत्कृष्ट उदाहरण प्रस्तुत भएको बताएका छन्। नदीको बहावले बगाएर केही किलोमिटर तल पुर्‍याएको उक्त बाछोलाई स्थानीय माझीहरूले देखेका थिए। त्यसपछि वन विभागका कर्मचारीहरूसँग मिलेर बाछोको उद्धार गरी छटपटाइरहेकी आमासँग पुनर्मिलन गराइएको हो।

सांसद बिस्टले उद्धारमा संलग्न स्थानीय माझी तथा वन कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै दार्जीलिङ, तराई र डुवर्स क्षेत्र दयालु मानिसहरूले भरिएको बताएका छन्।

About Author

Advertisement